२०८१ माघ १३ गते आइतवार

पोखराको मतगणना स्थलबाट २ जना नक्कली प्रतिनिधि पक्राउ

कास्की,जेठ ६ । पोखरा महानगरपालिकाको मतगणना स्थलमा प्रहरीले दुई जना नक्कली प्रतिनिधिलाई पक्राउ गरेको छ ।

नक्कली कार्ड बोकेर मतगणना स्थलमा पुगेका दुई जनालाई कास्की प्रहरीले आज शुक्रवार पक्राउ गरेको हो ।

मतगणना स्थलको मुख्य प्रवेशद्वारबाट नक्कली कार्ड भिरेर छिर्न खोजेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये एक जनाले जनमत पार्टीको नक्कली प्रतिनिधि कार्ड भिरेका र अर्का व्यक्तिले नक्कली परिचय पत्र बनाएर लगाएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिए ।

राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा नक्कली पास बनाएर गणनास्थल प्रवेश गर्न खोज्ने दुई जनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरबाट प्रहरीले पक्रिएको हो ।

उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाममा लगिएको र अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *