तुलसीपुर, चैत २४ । राप्ती राजमार्ग अन्र्तगत सल्यान कपुरकोट – चोरखोला सडक फेरी बन्द भएको छ ।
सडक स्तरोन्नतीको काम हुने भएकाले दैनिक ९ घण्टा सडक बन्द हुने भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
सडक डिभिजन कार्यालय दाङले परिपत्र अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले बुधवार देखी चैत २९ गते सम्म दैनिक ९ घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो ।
दाङ सल्यान अन्र्तगत पर्ने राप्ती राजमार्गको कपुरकोट–चोरखोला सडक स्तरोन्नतीका लागी तोकिएको समय अवधीभर पुर्ण रुपमा बन्द हुने कार्यालयले जारी गरेको सुचनामा भनिएको छ ।
कार्यालयले जारी गरेको सुचना अनुसार बुधवार देखी लागु हुने गरी दैनिक विहान सात बजेदेखी ९ – ११ बजेदेखी दिउँसो तिन र बेलुका साढे पाँच देखी आठ बजेसम्म उक्त सडक पुर्ण रुपमा बन्द हुनेछ ।
उक्त समय अवधिभर दाङ–सल्यान आवतजावत गर्नका लागी पैयाखोरे हुदै कपुरकोट बैकल्पिक सडक मार्ग प्रयोग गर्न सकिने कार्यालयले जनाएको छ ।