२०८१ साउन ६ गते आइतवार

झापामा आगलागी हुँदा दुईजना घाइते

झापा,फागुन १३ । झापाको शिवसताक्षी नगरपालिका–१० मा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

शिवसताक्षी नगरपालिका–१० दोमुखामा दोमुखा पर्यटन बोर्डले बनाएको भवनमा गएराति आगलागी हुँदा ४३ वर्षकी बालिका भण्डारी र उनकी छोरी १४ अस्मिता भण्डारी जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

बिजुली सर्ट भएर आगो लागेको र क्षतिको थप विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *