पाल्पा,माघ २७ । पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।
आगोमा जलेर ७२ वर्षीया गौकुमारी श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा श्रेष्ठको ज्यान गएको जानकारी दिए ।
श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो ।
प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार