२०८३ भाद्र १२ गते शुक्रवार

ब्राउन सुगरसहित एक जना पुरुष पक्राउ

बाँके,माघ २५ । जिल्ला प्रहरी बाँकेले ब्राउन सुगरसहित एक जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज ८ का २५ बर्षीय मोहम्मद अलीलाई १९ ग्राम ५२० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

सोमबार साँझ साढे ५ बजे नेपालगन्ज ८ जोलहानपुर्वामा शंकास्पद तरिकाले हिंडिरहेका अलीलाई चेक जाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका अलीसँग लागूऔषध कसुर सम्बन्धि मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *