२०८३ असार २८ गते आइतवार

खुकुरी प्रहार गरी २ जनाको हत्या

सिन्धुपाल्चोक,माघ २४ । सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।

बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो ।

आइतबार साँझ सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी वासुमाया र सन्तवीरको हत्या गरेको प्रहरीले जनाएको छ ।

विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख राजन अधिकारीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *