२०८३ असार २७ गते शनिवार

आगाे ताप्ने क्रममा जलेर ७५ वर्षीया वृद्धाकाे ज्यान गयाे

सर्लाही,माघ ६ । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको ज्यान गएको छ ।

सर्लाहीको गोडैता नगरपालिका(११ सिसौटियामा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीया वृद्धा देवकली देवीको ज्यान गएको हो ।

घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि गम्भीर घाइते भएकी देवकलीको उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउँदै गर्दा गएराति बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *