२०८३ मङ्सिर १० गते बुधवार

पुलबाट खसेर एकको मृत्यु

धनगढी,माघ ४ । कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्युु भएको छ । सोमबार साँझ गोदावरीको काठे पुलमा फोटो खिच्ने क्रममा खसेर गम्भीर घाइते भएका अछामका ३९ वर्षीय रुपराज भाटको मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पुलबाट खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार काम विशेषले अछामबाट कोहलपुर गएका भाट पुलमा फोटो खिच्ने क्रममा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले भाटको उद्दार गरेर उपचारका लागि प्रादेशिक अस्पताल पुगाएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

भाटको मृत्युु प्रकरणबारे थप अनुसन्धान भइरहेको बताउँदै डीएसपी जोशीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७८ माघ ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *