सुर्खेत, माघ २ । सुर्खेतमा निस्सासिएर एकै घरका चार जनाको मृत्यु भएको छ।
शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–१० मा बस्ने ३५ वर्षीया कल्पा बुढा, उनका ८ वर्षीय छोरा निरज र ८ बर्षका अर्का छोरा चिरञ्जिवी र कल्पाका दाजुको ५ वर्षीय छोरा सम्राटको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घरमा कोइला बालेर झ्याल ढोका थुनेर बसेका उनीहरु शनिबार बेलुका मृत अवस्थामा फेला परेका थिए । उनीहरु सबैको निसास्सिएर मृत्यु भएको भएको हुन सक्ने प्रहरीको अनुमान छ।
शब पोष्ट मार्टमका लागि अस्पताल लगिएको छ ।
प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार