दाङ, पुस ३० । बाँकेमा एक युवा लेनदेन मुद्दामा पक्राउ परेका छन् ।
नेपलागन्ज उपमहानगरपालिका वडा नं. १० का २७ बर्षीय प्रदीप क्षेत्री पक्राउ परेका छन् । २०७६ साल बैशाख २० गते बाँके जिल्ला अदालतले लेनदेन मुद्दामा ६ महिना जेल सजाए तोकेको थियो ।
गोप्य सूचनाका आधारमा क्षेत्रीलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार