२०८३ भाद्र १२ गते शुक्रवार

ब्राउनसुगरसहित दुई युवक पक्राउ

नेपालगन्ज,पुस २८ । नेपालगन्जको सिमा नाका जमुनाहबाट ब्राउनसुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराती सवा १० नेपालगन्जको जमुनाह नाकामा लागूऔषधसहित घोराही उपमहानगरपालिका १३ दाङ का ३६ बर्षीय अरुण रोका मगर र तिलोत्तमा नगरपालिका ७ रुपन्देहीका २२ बर्षीय सिद्धार्थ पाण्डेलाई इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्ट कमान्डको टोलीले पक्राउ गरेको हो ।

रातीको समयमा जमुनाह नाकामा शंकास्पद तरिकाले हिँडिरहेका मगर र पाण्डेलाई चेकजाँचका क्रममा १६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

पक्राउ परेका दुबै जनासँग लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *