२०८३ बैशाख ८ गते मङ्गलवार

चार तले घरबाट खसेर एक किशोरीको मृत्यु

भक्तपुर,पुस १६ । भक्तपुरमा चार तले घरबाट खसेर एक किशोरीको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

उनका अनुसार शुक्रबार बिहान सवा ६ बजे उनी घाइते अवस्थामा फेला परेकी थिइन्। बुवा हरिनारायणले छोरी लडेर गम्भीर घाइते भएको अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो।

उनलाई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। किशोरी ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन्।

किशोरी रातिकै समयमा खसेको हुनुपर्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी उपरीक्षक पाण्डेले बताए। उनी कसरी खसेको हो भन्नेबारेमा अनुसन्धान भइरहेको उनले बताए।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटिएको प्रहरीले बताएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *