२०८३ भाद्र १२ गते शुक्रवार

सिरहामा दुई दिन निषेधाज्ञा

काठमाण्डौ,पुस १३ । सीके राउत नेतृत्वको जनमत पार्टीले आमहड्ताल र चक्काजाम गरे पछि जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्व(पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ ।

आज र भोलि बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा लागू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयले विज्ञप्ति निकालेर यो अवधिभर कुनै भेला हुन, राजनीतिक सभा र गतिविधि गर्न तथा बाहिर हिँडडुल गर्न नपाउने जनाएको छ । तर, यो समयमा राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडक खण्डमा गाडी भने चल्ने विज्ञप्तिमा भनिएको छ ।

नियमको उल्लङ्घन गरे कानुनअनुसार कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५ सय मिटर आसपासका क्षेत्र तथा चोहर्वादेखि सिरहा सडक खण्डको पेट्रोल पम्पसम्म र यो मार्गको ५ सय मिटर पूर्व-पश्चिम आसपासका क्षेत्रसम्म कर्फ्यु लागू भएको छ ।

प्रकाशित मिति : २०७८ पुष १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *