तुलसीपुर,पुस११ । दाङ जिल्ला फाेटाे ग्राफर संघ,तुलसीपुर शाखाले अशक्तलाई आर्थिक सहयोग गरेको छ्।
बिगत केही बर्ष देखि शारीरिक अशक्त भइ उपचार गराउदै आएका दङ्गिशरण गाउपालिका वडा न ३ रावत गाउँ निवासी तिलकराम चौधरीलाई उनकै निवासमा पुगेर नगद रु.५१००(पाँच हजार एक सय) रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
शाखाका अध्यक्ष सुरेश भट्टराईको नेतृत्वमा पुगेको टोलिले अशक्त चौधरीको उपचारमा केही सहयोग पुगोस भन्ने उदेश्यले उक्त रकम सहयोग गरिएको जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार
