महोत्तरी,मंसिर २४ । महोत्तरीमा बुहारीको कुटाइबाट सासूको मृत्यु भएको छ ।
मटिहानी नगरपालिका ७ निवासी विन्देश्वर खत्वेको श्रीमती ६० वर्षीया जगतारण देवीको उनकै कान्छा छोरा उमेश खत्वेको श्रीमती ३७ वर्षीया तेतरीदेवी खत्वेको कुटाइबाट ज्यान गएको हो ।
बुहारीले सासूलाई लट्ठीले कुट्दा शरीरका विभिन्न भागसँगै टाउकोमा समेत गम्भीर चोट लाग्दा उनको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी दिनेश आचार्यले बुहारीलाई नियन्त्रणमा लिइएको बताए ।
उनले मृत्युको खास कारण अहिले नखुलेकाले पोस्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाइएको छ।
प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार