२०८३ असार २८ गते आइतवार

पत्रकार महासंघका महासचिव पुरीद्वारा माओवादी प्रचार विभागको जिम्मेवारी अस्वीकार

काठमाण्डौ,मंसिर २३ । नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले नेकपा (माओवादी केन्द्र) को प्रचार विभागको जिम्मेवारी अस्वीकार गरेका छन् ।

माओवादीले गठन गरेको प्रचार विभागमा पुरीसहित धेरै पत्रकारलाई सदस्यका रूपमा राखिएको छ ।

पुरीले पत्रकार महासंघको महासचिवरहेसम्म पार्टीको प्रचार विभाग वा पार्टीका अन्य निकायमा नरहने समेत बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय प्रचार विभाग सदस्यका रूपमा मलाई नसोधिकन नाम समावेश गरिएको प्रति मेरो ध्यानाकर्षण भएको छ,’ पुरीले फेसवुकमा लेखेका छन्, ‘नेपाल पत्रकार महासंघको महासचिवरहेसम्म पार्टीको प्रचार विभाग वा पार्टीका अन्य निकायमा नरहने कुरा जानकारी गराउँदछु।’

नेपाल पत्रकार महासंघको विधानमा महासंघमा आबद्ध कुनै पनि सदस्य कुनै पनि पार्टीको कार्यकारी समितिमा रहन नपाउने उल्लेख छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *