२०८१ माघ २६ गते शनिवार

खैरो हिरोइनसहित दुई युवा पक्राउ

दाङ, १० पुस । तुलसीपुर बाट प्रतिवन्धित लागु औषध खैरो हिरोइनसहित दुई जना युवा पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका वडा नं. ७ सल्यानीवाग निवासी २६ बर्षीय जाफर अन्सारी र तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बगरपुर निवासी २३ बर्षीय समिर राईनलाई ९ ग्राम खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले उनीहरुलाई लागु औषध विक्रि गर्दै गर्दा पक्राउ गरिएको जानकारी दिएका छन् । दुबै जनालाई तुलसीपुर ९ दोघरे वाट सोमवार दिउँसो २ बजेतिर पक्राउ गरिएको प्रमुख शाहीले बताए । पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *