तुलसीपुर, मंसीर २८ । “अहिले युवाहरु पढ्न होस् या रोजगारीको लागि होस् वाहिरिन वाध्य छन् तर मैले देखेको नेपालमा पढ्नका लागि होस् या कामका लागि कहि जान पर्नेछैन ” आफुले चाहेको नेपालका वारेमा तुलसीपुरमा रहेको ज्ञानदीप कलेज स्नातक तह तेस्रो वर्षमा अध्ययनरत रिचा सापकोटाले वताइन । आफुले कल्पना गरेको नेपालको कुरालाई जोड्दै उनले भनिन् “भौतिक विकास मात्र विकासकको सुचक होइन मान्छेको चेतनाको पनि विकास हुनुपर्दछ मैले खोजेको नेपाल त्यस्तै खालको हो” सापकोटाले भनिन् ।
कलेजको विए तेस्रो वर्षमा पत्रकारिता अध्ययनरत विद्यार्थीले यस्तो होस् मेरो देश शीर्षकमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा वोल्दै अर्का विद्यार्थी मुना डाँगीले वुद्धको देश वुद्ध जस्तै शान्त होस् भन्ने अपेक्षा राखिन् । उनले आवश्यकताको वाकस भर्नका लागि परदेश गएकाहरु रातो वाकसमा फर्कन नपर्ने दिन यो देशमा फर्कन सकोस् भन्ने कामना समेत गरिन् । अर्का प्रतियोगी रामु नेपालीले मान्छे मान्छे एकै हुन् भन्ने सोचको सबैमा विकास हुन सकोस् भन्ने कामना गरे । “विर पुर्खाको रगतले आर्जेको यो मुलुकमा कोही पनि नेपाली अभावमा वाँच्न नपरोस् ” नेपालीले भने ।
विद्यार्थीमा अतिरिक्त क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा उनीहरुले फरक फरक ढँगले देशको भविष्यको चित्रण गरे । “८३ हजार मेगावाट विद्युत उत्पादन हुने सम्भावना भएको देशमा लोडसेडिङ्ग अन्त हुँदा रमाउनुपर्ने अवस्था होइन, नेपालमा इन्धन आयातमा केयौ पैसा वाहिर गएको छ अव जलस्रोतमा ध्यान दिएर त्यसलाई रोक्ने गर्नुपर्दछ” अर्का प्रतियोगी प्रमिला वलीले भनिन् । उनले हरेक नेपाल वालवालिकाहरु पढ्ने अवसरबाट वन्चित हुन नपरोस् भन्ने सोच राखिन् ।
११ जनाले भाग लिएको प्रतियोगितामा रिचा सापकोटा प्रथम, रामु नेपाली द्धितीय र अँकित आचार्य तृतिय भएका थिए । कार्यक्रमका प्रमुख अतिथि मानविकी संकाय प्रमुख शरद गौतमले विद्यार्थीहरुका सपनालाई पुरा गर्नका लागि उनीहरु नै जागरुक हुनुपर्ने कुरामा जोड दिए । “भविष्य तपाईहरुको हो कस्तो वनाउने भन्ने कुरा सबै तपाईहरुकै हातमा छ ” गौतमले भने । विद्यार्थी रेमन्त पुनको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण विद्यार्थी निरज वलीले गरेका थिए ।