तुलसीपुर,माघ १८ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले बालवालिकाको भविष्यप्रति अभिभावक र शिक्षक संवेदनशिल बन्नुपर्ने बताएका छन ।
आइतवार तुलसीपुर ९ को सप्तरंगी ईङ्लिस स्कूलले आयोजना गरेको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी सिंहले बालबालिकाको भविष्य र उनीहरुको आचरण परिवारको हेरचाह, संरक्षण र उनीहरुप्रतिको व्यबहारमा भर पर्ने बताए ।
उनले बालबालिका प्रति आफ्नो दायित्व नभुल्न समुदायलाई समेत आग्रह गरे । पछिल्लो समय विद्युतिय उपकरणको अत्याधिक प्रयोगका कारण बालबालिकाहरु कुलत, दुव्र्यसनी, लागु औषध जस्ता नराम्रा गतिविधिमा संलग्न हुने गरेको भन्दै उनले चिन्ता जाहेर गरे ।
त्यस्ता बालबालिकलाई सहयमै सही मार्ग निर्देष गर्न अभिभावक, विद्यालय र समाजले महत्वपूर्ण भूमिका खेल्नु पर्ने उनले बताए ।विद्यालय सञ्चालक समितिका अध्यक्ष ललितजंग शाहको अध्यक्षता र डिएसपी सिंहको प्रमुख आथित्यमा भएको कार्यक्रममा अभिभावक,विद्यालय र समाजको अहिलेको सानो लापरवाहीले पछि ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरे ।
उनले बालबिवाह, बहुबिवाह, सामाजिक दुव्र्यवहार, महिला हिंसा, घरेलु तथा लैङगिक हिंसा, गालिबेईजती, जवरजस्ती करणी लगायतका सामाजिक अपराध र दण्ड जरिवाना एवं कानुनी कारवाहीका बारेमा बालबालिकालाई जानकारी दिएका थिए ।
विद्यालयका प्रिन्सीपल छविकुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बिद्यार्थीहरु कीर्ति गिरी र मनोज लामिछानेले गरेका थिए ।