दिगो विकास सामाजिक आर्थिक र वातावरणीय विकासको एक विश्वब्यापी अवधारणा हो । सन् २०३० सम्म सबै प्रकारका विभेदहरुको उन्मूलन गरी न्यायमा आधारित समाजको आधार तयार गर्न आवश्यक पर्ने लक्ष्यहरु दिगो विकासका लक्ष्यहरु हुन् । दिगो विकासको लक्ष्यले समानता र न्यायमा आधारित समाज, मानव, पृथ्वी, समृद्धि र शान्ति जस्ता सवालहरुको सँगै ब्यवस्थापन र साझेदारी गर्न पहल गरेको छ । दीगो विकासको लक्ष्यमा १७ वटा लक्ष्य र यसका १६९ वटा उपलक्ष्यहरु रहेका छन् ।
दिगो विकासको लक्ष्यले बिशेषत मुलरुपमा हरेक ब्यक्तिको स्वाभिमान, स्वतन्त्रता, समानताका साथै गरिबीको अन्त्य गर्दै शिक्षित तथा स्वस्थ जीवनयापनका लागि परिकल्पना गरेको छ । दीगो विकासको लक्ष्यले गरिबीको रेखामुनी रहेका बालबालिका, किशोरकिशोरी, महिला, अपांगता भएका ब्यक्तिहरु, यौनिक अल्पसङ्ख्यक, पछाडि पारिएकोे समुदाय, दलित, जानजाति र आदिबासीका पक्षहरुलाई विशेषरुपमा जोड दिएको छ ।
दिगो विकासको पाँचौ लक्ष्यले लैगीक समानताका लक्ष्य हो । यो लक्ष्यले सबै महिला, किशोरी र बालबालिकालाई सशक्त बनाउने लक्ष्य लिएको छ । यो दीगो विकासका लक्ष्यहरुमध्ये एक महत्वपूर्ण लक्ष्य हो । लैंगीक समानताका लक्ष्यमा महिला, किशोरी र बालिकाविरुद्ध हुने सबै विभेदको अन्त्य गर्ने, मानव बेचबिखन तथा यौनलगायत अन्य शोषणसहित सबै प्रकारका हिंसाको अन्त्य गर्ने, बालविवाह, कलिलो उमेरमा गरिने विवाह, जवरजस्ती गरिने विवाह तथा अन्य घातक प्रचलनहरुको उन्मूलन गर्ने, देशअनुसारको बेतलबी, तथा घरेलु श्रमको मूल्य पहिचान गर्ने, राजनीतिक, आर्थिक र सार्वजनिक जीवनका सबै निर्णायक तहमा महिलाहरुको पूर्ण प्रभावकारी नेतृत्व, सहभागिता तथा समान अवसर सुनिश्चित गर्ने, महिलाहरुलाई भूमि तथा अन्य सम्पत्ति, वित्तीय सेवा, उत्ताराधिकार र प्राकृतिक श्रोतहरुमा पहुँच, यौन र प्रजनन्को स्वास्थ्यको सुनिश्चितता, महिला सशक्तिकरणमूलक सूचना र सञ्चार प्रविधि र महिला सशक्तिकरणका लागि प्रभावकारी नीति अबलम्वन तथा कानुन तर्जुमा गर्ने आदि लक्ष्यहरु रहेका छन् ।
नेपालमा ५०.४ प्रतिशतभन्दा बढी जनसंख्या महिलाको छ । महिलाको आवश्यकता र प्राथमिकता पुरुषहरुको तुलनामा फरक र विशेष हुन्छ । त्यसैले उनीहरुको आवश्यकतालाई प्राथमिकताका साथ सम्बोधन गरिएन भने दीगो विकासको लक्ष्य हासिल हुन सक्दैन् । समाजमा रहेका हरेक संरचनामा जबसम्म असमानता रहन्छ महिलाहरुको श्रोत र साधनमाथि पहुँच र नियन्त्रण हुन सक्दैन ?
यो लक्ष्यलाई छुट्टै लक्ष्यको रुपमा राखेर मात्र यो अनुरुपको लक्ष्य हासिल हुन नसक्ने भएको हुँदा यसलाई सबै लक्ष्यहरुमा समावेश गरिएको छ । यसले आर्थिक समाजिक र वातावरणीय सन्तुलन गर्न पहल गरेको छ । लैंगीक समानता गरिबी घटाउन, दिगो विकासको लक्ष्य हासिल गर्न र विश्वमा सुशासन कायम गर्ने एक पूर्व शर्त पनि हो । लैंगीक समानताको मूल प्रवाहिकरणको लागि इच्छाशक्ति, संवेदनशीलता र सीप स्रोत र साधनको आवश्यकता अनुसारको परिचालन र ब्यवस्थापन गर्न अत्यन्त जरुरी छ । लैंगीक समानता र महिला सशक्तिकरणलाई हरेक दृष्टिकोणबाट हेरिनु अत्यन्त जरुरी हुन्छ । सरकार, नागरिक समाज, समुदाय र सरोकारवाला सबै निकायहरुको सहकार्यमा मात्र लैंगीक समानताको लक्ष्य प्राप्त गर्न सम्भव छ ।
नेपालमा ५०.४ प्रतिशतभन्दा बढी जनसंख्या महिलाको छ । महिलाको आवश्यकता र प्राथमिकता पुरुषहरुको तुलनामा फरक र विशेष हुन्छ । त्यसैले उनीहरुको आवश्यकतालाई प्राथमिकताका साथ सम्बोधन गरिएन भने दीगो विकासको लक्ष्य हासिल हुन सक्दैन् । समाजमा रहेका हरेक संरचनामा जबसम्म असमानता रहन्छ महिलाहरुको श्रोत र साधनमाथि पहुँच र नियन्त्रण हुन सक्दैन । महिलाहरुले गर्ने सेवामूलक र कृषि क्षेत्रको कामलाई उत्पादनमूलक कार्यको रुपमा मान्यता दिइनुपर्छ । महिलाहरुको आर्थिक श्रोत र साधनहरुमा समान अधिकार स्थापित हुन नसकेकोले ‘म आर्थिक रुपले अरुप्रति निर्भर छु’ भन्ने सोचको विकास गरिदिएको छ । जसले गर्दा महिला सशक्तिकरण हुन सकिरहेको छैन ।
कृषि क्षेत्रमा काम गर्नेमध्ये ६० प्रतिशत महिलाहरु रहेका छन् । एक अध्ययनले महिला कृषकहरुमा जलवायु परिवर्तनसँग जुझ्ने अनुकूलन क्षमता बढी हुन्छ भनि देखाएको छ । महिलाहरुमा स्थानीय परिवेश अनुरुप कृषि ब्यवस्थापन गर्ने क्षमता बढी हुन्छ । उनीहरुमा भएको परम्परागत ज्ञान सीपलाई ब्यवस्थापन गरी बढाउन सके कृषि क्षेत्रमा महिलाको पकेट हुन्छ । जसले गर्दा महिला मात्र नभएर घर परिवार र राष्ट्रलाई टेवा पुग्छ । यसले गरिबी घटाउन मद्दत गर्छ । महिलाहरु वन जंगल र पानीको मुख्य प्रयोगकर्ता पनि हुन् र यस्ता प्राकृतिक श्रोतहरुको ब्यवस्थापनमा उनीहरुको दक्षता बढी हुन्छ । त्यसैले प्राकृतिक श्रोतहरुको संरक्षण, उपयोग र ब्यवस्थापनमा महिला सहभागिता अनिवार्य र निर्णायक हुन जरुरी छ । यदि यसो भएमा भोकमरीको अन्त्य, खाद्य सुरक्षा र कृषि प्रवद्र्धन हुनसक्छ । जसले गर्दा दीगो विकासका लक्ष्यहरु प्राप्त गर्न मद्दत गर्दछ ।
अहिलेको संसारमा धेरै महिलाहरु मर्यादित कामको खोजीमा श्रम बजारमा छन् । र सम्मान नपाएकै कारण उनीहरु धेरै जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य भएका छन् । त्यसैले महिलाहरु बेचबिखन, ओसारपसार तथा अनैतिक क्रियाकलापका क्षेत्रमा संलग्न भएको अवस्था छ । यो अवस्थाको सम्बोधन गर्न महिला सशक्तिकरणलाई केन्द्रविन्दुमा राखी काम गर्नुपर्ने आवश्यकता देखिन्छ ।
दीगो विकासको लक्ष्य ३ मा सबै उमेर समूहका ब्यक्तिका लागि स्वास्थ्य जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवद्र्धन गर्ने भनिएको छ । स्वस्थकर जीवनयापनका लागि महिला सशक्तिकरण र महिलाको प्रजनन् स्वास्थ्यको अधिकार सुनिश्चित हुनुपर्दछ । महिलाले आफ्नो प्रजनन् अधिकार, प्रजनन् स्वास्थ्यको अधिकार, यौन अधिकार प्रयोग गर्न पाएमा महिलाको स्वास्थ्य संरक्षणका साथै मातृ मृत्यु र बाल मृत्यु घटाउन सहयोग पुग्दछ । गुणस्तरीय र उच्च शिक्षामा महिलाको समान पहँुच भएमा मात्रै रोजगारी, आर्थिक बृद्धि र महिला हिंसाका घटनामा न्यूनीकरणका साथै सामाजिक असमानाताका आधार तयार हुन्छ । यसले लक्ष्य ४ समाबेशी र समानतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्न मद्दत पुग्छ ।
समाजमा अहिलेसम्म महिलाहरुलाई दिएको स्थानका कारण उनीहरुको मर्यादित काममा पहँुच हुन सकेको छैन् । जसका कारण उनीहरुमा जोखिम बढेको छ । अहिलेको संसारमा धेरै महिलाहरु मर्यादित कामको खोजीमा श्रम बजारमा छन् । र सम्मान नपाएकै कारण उनीहरु धेरै जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य भएका छन् । त्यसैले महिलाहरु बेचबिखन, ओसारपसार तथा अनैतिक क्रियाकलापका क्षेत्रमा संलग्न भएको अवस्था छ । यो अवस्थाको सम्बोधन गर्न महिला सशक्तिकरणलाई केन्द्रविन्दुमा राखी काम गर्नुपर्ने आवश्यकता देखिन्छ । महिलाहरुको मर्यादित काममा पहुँच, सुरक्षित वातावरणमा काम गर्न पाउने ब्यवस्था, परिवारको सामाजिक सुरक्षा, गुुणात्मक काम, समानता, आत्मसम्मान तथा उचित ज्यालाको ब्यवस्थाजस्ता कामहरु गर्नुपर्ने आवश्यकता देखिन्छ । यसो भएमा मात्र दिगो विकासका लक्ष्यहरु ५ र ८ प्राप्त गर्न सकिन्छ ।
महिलाहरुले घरको काममा मात्र सीमित नभई कृषक, शिक्षक, प्रशासक, डाक्टर, उद्यमी, पत्रकार विकासकर्मी र राजनीतिकर्मी आदि क्षेत्रहरुमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् । यस्ता कार्यहरुमा महिला सहभागिता बृद्धि गुर्नुपर्ने आवश्यकता देखिन्छ । जसले गर्दा समाजको आर्थिक तथा सामाजिक विकासमा महिलाहरुको ठूलो योगदान हुनपुग्छ । दीगो विकासको सबै लक्ष्यहरुमा महिला सशक्तिकरण र लैंगीक मूल प्रवाहिकरण गरिनुपर्ने आवश्यकता रहेको छ । राष्ट्रिय तथा स्थानीय रुपमा हुने कार्यक्रम र बन्ने नीतिहरु तथा आर्थिक तथा मानवीय श्रोतहरुमा महिला सहभागिता, सशक्तिकरण र मूल प्रवाहिकरण गरिनु पर्दछ ।
chaudharyk930@gmail.com