२०८१ फाल्गुन २ गते शुक्रवार

सिभिल बैंकको स्थापना दिवसमा रक्तदान

दाङ, मंसिर २१ ।
सिभिल बैंक लिमिटेडको दाङ घोराहीस्थित शाखाले आफ्नो स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । आठौँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । विपदमा  परेका कुनै पनि बिरामीले रगतको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान आयोजना गरिएको बैंकका शाखा प्रबन्धक विनयकुमार न्यौपानेले जानकारी दिए ।

‘बैंकहरु नाफा आर्जनका लागि मात्रै होइन उनीहरुले सामाजिक उत्तरदायित्व पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिन रक्तदान गरेका हौँ’ शाखा प्रवन्धक न्यौपानेले भने । बिहान ८ बजेदेखि १० बजेसम्म बैंकको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा मेघा बैंक, गण्डकी विकास बैंक, लक्ष्मी विकास बैंकका कर्मचारी तथा सिभिल बैंकका सेवाग्राहीले समेत रक्तदान गरेको बैंकका कर्मचारी मदन भण्डारीले जानकारी दिए ।

उनले २५ जनाबाट २३ युनिट रगत जम्मा भएको जानकारी दिए । विभिन्न व्यक्तिहरुले रक्तदान गरेको उक्त रगत रेडक्रसलाई प्रदान गरिएको भण्डारीले बताए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *