२०७८ जेष्ठ ४ गते मङ्गलवार

जन्मदिनमा विरुवा वितरण


कपिल लामिछाने,
विजौरी, भदौ १ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का राजन लामिछानेले जन्मदिनमा स्थानीयलाई विरुवा वितरण गरेका छन् । लामिछानेले आफ्नो ३०ओैँ जन्मदिनको अवसरमा झन्डै तीन सय बोट बिरुवा वितरण गरेका हुन ।उनले टोलबासीलाई सिसौ, टिक, काईयो, जामुन र ३ घरधुरीलाई २५ केजी चामल समेत वितरण गरेका छन् ।

एकिकृत नमुना टोल बिकास संस्था, शुभकोटी टोल बिकास संस्था, पिपल चौतारा टोल बिकास संस्था र देबिपुर टोल बिकास संस्थाका करिव १ सय घरधुरीलाई १ ÷ १ वटा बिरुवा उनले वितरण गरेका हुन । देवा समिलका सञ्चालक समेत रहेका उनले अघिल्ला वर्षहरुमा पनि जन्मदिनको अवसरमा सामाजिक कार्य गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *