दाङ्ग, साउन १७ । दाङको पश्चिममा रहेको पोटली बजारमा सरसफाई कार्यक्रम गरिएको छ। दङ्गीसरण गाउपालीका ५ पोटलीको बजार क्षेत्रमा पोटली बजारका ब्यबसायीहरुले सरसफाई कार्यक्रम सम्पन्न गरेका हुन् । बजार क्षेत्र सफा, सुरक्षित राख्नको लागि बजारका ब्यबसायीहरुले सरसफाई कार्यक्रम गरेको सरसफाई कार्यक्रमका अभीयान्ता अर्जुन भट्टराई जानकारी दिएका छन्।
साथै अबदेखि सरसफाई कार्यक्रम चलिरहने र घर वरिपरि सफा राख्न सबै घरपरिवारलाई सचेत बनाएको कार्यक्रमका अभीयान्ता भट्टराईले जानकारी दिएका छन्। बजार क्षेत्र सफा राख्न थालिएको अभीयानमा कसैले अटेरी गरे कारबाही गर्ने समेत जनाईएको छ।
प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार