दाङ, असार १५ । रोटरी क्लव अफ दाङले सरस्वती माध्यमिक विद्यालय भरतपुर काठेकोहललाई पानी शुद्धिकरण मेशिन सहयोग गरेको छ । सोमवार विद्यालयमा भएको एक कार्यक्रममा क्लवले विद्यालयलाई पानी शुद्धिकरण मेशिन हस्तान्तरण गरेको हो । रोटरी क्लव अफ दाङका पूर्व अध्यक्ष सनदकुमार श्रेष्ठ सहितको टोलीले विद्यालय ब्यवस्थापन समिति अध्यक्ष बिवेक श्रेष्ठ र प्रधानाध्यापक बसन्ता पौडेललाई पानी शुद्धिकरण मेशिन हस्तान्तरण गरेको हो ।
क्लव दाङका पूर्व अध्यक्ष सनदकुमार श्रेष्ठ सामाजिक उत्तरदायित्वबोध गरी विद्यार्थीहरुलाई शुद्ध पानी पिउन पाउन भन्ने उद्देश्य शुद्धिकरण मेशिन प्रदान गरेको बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठले विद्यालयलाई शुद्धिकरण मेशिन हस्तान्तरण गरेकोमा अभार ब्यक्त गरे ।
प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार