असार १३ । दारी ग्याङ दाङले घोराहीमा रक्तदान कार्यक्रम गरेको छ। दारी ग्याङ दाङको आयोजना तथा सिद्धार्थ इन्स्योरेन्स लि. घोराही शाखा, गुगल ट्रेडर्स, एम.एम.सी.बि.बि.ए. दाङ र दाङ युवा समाजको सहकार्यमा ब्लड बैंक घोराहीमा रक्तदान कार्यक्रम गरिएको हो ।
उक्त रक्तदान कार्यक्रममा १४ युनिट रगत सङ्कलन भएको दारी ग्याङ दाङले जनाएको छ । जिल्लामा रगत अभाब भैरहेको अवस्थामा रक्तदान कार्यक्रम गरिएको ग्याङले जनाएको छ । उक्त कार्यक्रमको सहजीकरण दारी ग्याङ दाङका सदस्य प्रख्यात सुबेदीले गरेका थिए ।
प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार