२०८१ बैशाख ७ गते शुक्रवार

हात्तीको आक्रमणबाट दुईको मृत्यु

चितवन, मङ्सिर १२ ।  माडीमा हात्तीको आक्रमणबाट आज दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बस्ने ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया त्रिष्णाकाली पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो घरबाट घाँस काट्नका लागि रिउखोलातर्फ जाने क्रममा उनीहरुलाई जङ्गली हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *