२०८१ पुष २९ गते सोमवार

विश्व रक्तदाता दिवसको अवसरमा दारी ग्यांङले गर्यो रक्तदान कार्यक्रम


जेठ ३२ । आज विश्व रक्तदाता दिवसको अवसरमा दारी ग्यांङ दाङले रक्तदान कार्यक्रम गरेको छ । देशमा लकडाउन भै रहेको अवस्थामा रगतको अभाबले कसैले पनि अमुल्य ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले रक्तदाताको दिवसमा रक्तदान कार्यक्रम गरिएको दारी ग्याङले बताएको छ ।

उक्त रक्तदान कार्यक्रममा करीब २२ पिन्ट रगत संकलन भएको दारी ग्याङले बताएको छ । कार्यक्रममा विभिन्न संघ सस्थाका सदस्यहरुले रक्तदान गरेका थिए  । दारी ग्याङ दाङको आयोजना र दाङ फेमिना, क्राउन रेस्ट्रो र युथ तुलसीपुरको सहकार्य कार्यक्रम भएको हो । कार्यक्रम तुलसीपुरको रक्तसंचार केन्द्र तुलसीपुरमा भएको थियो भने  कार्यक्रमको सहजीकरण दारी ग्यांङ दाङका सक्रिय सदस्य साइग्रेस देवकोटाले गरेका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *