जेष्ठ २६ । दारी ग्यांग दाङले आइतबार घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशमा २ महिना भन्दा बढी लकडाउन भैरहेकोको अवस्थामा जिल्लामा रगतको अभाव हुन् नदिन रक्तदान गरिएको दारी ग्यांग दाङले बताएको छ ।घोराहीको रक्तसंचार केन्द्रमा भएको कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए । दाङ यूवा समाजको सहयोगमा दारी ग्यांग दाङले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
रक्तदान गर्नेहरुमा शंघर्स जिसी, तर पौडेल, शुशोव पाण्डे, सोनी पौडेल, सतिश शर्मा घिमिरे, हार्दिक पौडेल, सुप्रिम भुसाल, जीवन नेपाली, सन्दिप पोखरेल, सुनिल लम्साल, बिलम गोतामे, गुरु प्रसाद गौतम, निराजन शर्मा, केशव भण्डारी, निरज गिरि, सौरभ केसी, राम प्रसाद पाण्डे, प्रख्यात सुबेदी लगाएतले रक्तदान गरेको दारी ग्यांगका सदस्य साइग्रेस देवकोटाले जानकारी दिएका छन ।
यस्तै तुलसीपुर उपमहानगरपालिका नमुना यूवा सांसदको आयोजना जनस्वास्थ्य प्रबर्धन शाखा, यूवा तथा खेलकुद शाखा र दारी ग्यांग दाङको सहकार्यमा आज रक्त संचार केन्द्र तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नमुना यूवा सांसदका राष्ट्रपति मदन भुसालको संयोजकत्वमा रक्तदान कार्यक्रम भएको दारी ग्यांग दाङका साइग्रेस देवकोटाले जानकारी दिएका छन ।