तुलसीपुर, जेठ २ । करेन्ट लागेर तुलसीपुरका एक व्यक्ति गम्भीर घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी ३० बर्षीय मानबहादुर डाँगीलाई घरमा वाइरिङ गर्ने क्रममा करेन्ट लागेको हो ।
शुक्रवार विहान साढे ९ बजेतिर करेन्ट लागेपछि गम्भीर घाइते भएका डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार