२०८१ बैशाख १३ गते बिहिवार

पत्रकार रेग्मीले खाद्यान्न दिए


तुलसीपुर, बैशाख १४ । पत्रकार चेतन रेग्मीले आफ्नो जन्मदिवसको अवसरमा पैदल यात्रुका लागि खाद्यान्न सहयोग गरेका छन् । रेग्मीले एकसय किलो चामल, २५ किलो दाल र दस किलो नुन प्रदान गरेका हुन । तुलसीपुर उद्योग बाणिज्य संघ अध्यक्ष बिरबहादुर रावतलाई खाद्यान्न हस्तान्तरण गरेका हुन ।

तुलसीपुरमा उद्योग वाणिज्य संघको नेतृत्वमा कोरनाको प्रकोपबाट प्रभावित पैदल यात्रीका लागि साझा मेस संचालन हुँदै आएको छ । हालसम्म दुई हजार एक सय बढी मानिसहरुलाई तुलसीपुरमा भोजनसहित निशुल्क यात्रा गराइएको तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *