
तुलसीपुर,बैशाख ७ । व्यवसायी सुर्यप्रसाद पौडेलले तुलसीपुरको राहात कोषमा २५ हजार बढी थपेका छन् । उनले आइतवार तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई २५ हजार ५ सय ५५ रुपैंयाको चेक हस्तान्तरण गरेका हुन ।
गरिब र विपन्न वर्गलाई राहात वितरण गर्न सहज होस भनेर आफुले उक्त सहयोग गरेको पौडेलले बताएका छन् । कोरोना संक्रमणको उद्धार र व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले ५० लाखको राहात कोष स्थापना गरेको छ ।
प्रकाशित मिति : २०७७ बैशाख ७ गते आइतवार