
घोराही, चैत २७ । लकडाउनका कारण अप्ठेरोमा परेका ११ जना विद्यार्थीलाई अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)दाङले खाद्यान्न उपलब्ध गराएको छ ।
जिल्ला बाहिरबाट पढ्नका लागि डेरा गरेर घोराहीमा बसेका विद्यार्थीलाई प्याब्सन घोराही नगर कमिटीको सहयोगमा खाद्यान्न सहयोग गरिएको अनेरास्ववियूका जिल्ला संयोजक जंग रोकाले जानकारी दिए । अर्घाखाँचीका ३, रोल्पाका ३, प्युठानका ३ र बर्दियाका २ जना विद्यार्थीलाई खाद्यान्न उपलब्ध गराइएको छ ।
प्याब्सनका नगर अध्यक्ष बिरेन्द्र चन्द संगको समन्वयमा खाना सकिएका विद्यार्थीहरुलाई चामल, दाल, नुन, तेल, साबुन लगाएका बस्तु सहयोग गरिएको रोकाले बताए ।
प्रकाशित मिति : २०७६ चैत्र २७ गते बिहिवार