२०७८ जेष्ठ २ गते आइतवार

नवलपुर खानेपानीले उपभोक्तालाई सावुन बाँड्यो


नवलपुर, चैत १९ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को नवलपुर खानेपानी तथा सरसफाई संस्थाले आफ्ना उपभोक्तालाई सावुन वितरण गरेको छ ।

कोरोना भाईरसबाट जोगिन सावुन पानीले हात धुन जरुरी रहेको हुँदा संस्था अन्तरगत रहेका २०० घर परिवारलाई डिटोल साबुन वितरण गरिएको संस्थाका अध्यक्ष लोकेन्द्र केसीले जानकारी दिए ।

बुधवार उपभोक्तको घर–घरमा पुगेर संस्थाका सचिव लोकराज आचार्य, सदस्य नेत्रमणि शर्मा र अप्रेटर लिलाधर केसीले साबुन वितरण गरेका हुन ।

यसका साथै नवरपुर खानेपानी तथा उपभोक्ता समितिले आफ्ना उपभोक्ताहरुका लागि चैत महिनाको धारा पानीको न्यूनतम शुल्क मिनाहा गर्ने घोषणा समेत गरेको छ । उपभोक्ता समितिका कार्यसमिति सदस्य शर्माका अनुसार २०० रुपैंया सम्मको धारा पानीको शुल्क मिनाहा गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *