२०८१ बैशाख ८ गते शनिवार

हापुरेको एक घरमा आगलागी


झग्गु भण्डारी,
हापुरे, चैत १७ । बबई गाउँपालिका वडा नं. ५ हापुरेस्थित एक घरमा आगलागी भएको छ । स्थानीय मंगता कामीको फुसको छानो युक्त घरमा सोमवार मध्यान्ह आगो लागेको हो । दमकल, प्रहरी र स्थानीयको संयुक्त प्रयासले दिउँसो ३ बजेतिर मात्रै आगो नियन्त्रणमा आएको थियो ।

ईलाका प्रहरी कार्यालय हापुरेका प्रहरी नायव निरिक्षक देबराज वलीले आगलागीबाट १ लाख २५ हजारको धनमाल जलेर नष्ट भएको जानकारी दिएका छन् ।आगलागी वाट घर र घर भित्रका सम्पूर्ण सामान जलेर पुर्णरुपमा नष्ट भएको वलीले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०७६ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *