२०७८ बैशाख २८ गते मङ्गलवार

जस्ले आमाको स्मृतिमा गरिवलाई खाध्यान्न वितरण गरे


तुलसीपुर, चैत १७ । तुलसीपुरको बसपार्क निवासी गोविन्द खड्काले आमाको स्मृतिमा विपन्न परिवारलाई खाध्यान्न वितरण गरेका छन् । स्वर्गीय आमा करुण खड्काको स्मृतिमा स्थापना गरेको अक्षय कोषवाट छोरा गोविन्दले सोमवार विहान लक– डाउनका कारण समस्यामा परेका ४६ परिवारलाई ३५ हजार बराबरको खाध्यान्न वितरण गरेको जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानी जरुवास्थित बुद्ध नगर टोल, पर्गती टोल लगाए ६ वटा टोलहरुमा बसोबास गर्दै आएका अति विपन्न परिवारका व्यक्तिहरुलाई २३ बोरा चामल र ४६ पोका खाने तेल वितरण गरेको खड्काले जानकारी दिए ।

नुन र दाल किन्न खोजेपनि पाउन नसकेको उनले बताए । ‘ श्रम गरेर साँझ विहानको गर्जो टार्नेहरु एक हप्ता लामो लक–डाउनका कारण समस्यामा परेको भन्ने सुनेको हुँदा आमाको स्मृतिमा स्थापना गरेको कोषवाट मैले उहाँहरुलाई सहयोग गरेको हुँ,’ खड्काले भने । उनले अन्य सबै उद्योगी व्यवसायीहरुलाई पनि सहयोग गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *