२०७८ असार ४ गते शुक्रवार

सक्सेस एकाडेमीले मास्क बितरण गर्ने


तुलसीपुर,चैत ११ । बिश्वभर महामारीको रुपमा फैलिएरहेको कोरोना भाइरसबाट बच्न तुलसीपुर उपमहानगरपालिका वडा न ९ बेलुवामा रहेको सक्सेस एकाडेमीले मास्क बितरण गर्ने भएको छ ।

विद्यालयले भोलि बुधबार देखी नै अभिभावक , एवम् आम नागरिकको सुरक्षाको लागि मास्क बितरण गर्न लागेको सक्सेस एकाडेमीका प्रन्सिपल छवि कुमार वलिले बताए ।

मानवीय धर्म निभाउने भन्दै बजारमा मास्कको अभाव र लक-डाउन भएको हुदा आफू आम सर्वसाधारणको लागि चिन्तित भैइ निस्वार्थ भावले यो कार्य गर्न लागेको उनले जानकारी दिए ।उनका अनुसार विद्यालयले समय सापेक्ष र उत्कृष्ट कार्य गर्दै आएको र यो बिपत्तिको बेला पनि सहयोग गर्दैछ ।

देश रहे देशवासी रहने भन्दै कोरोना विरुद्ध विभिन्न सचेतताका कार्यक्रम पनि संचालन गर्दै आएको उनको भनाई छ । साथै उनले यो बेला सरकारलाई सहयोग गर्ने बेला रहेको र अटेरी पन छोडी सबै सचेत र सजक रहन सबैलाइ अनुरोध समेत गरे ।

प्रकाशित मिति : २०७६ चैत्र ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *