२०७८ असार ४ गते शुक्रवार

दारी ग्यांग दाङको ‘अनलाइन अवारनेस क्याम्पेन’ संचालनमा


चैत्र १० । विश्वव्यापी फैलिरहेको कोरोना भाइरसको त्रासले देशैभरी नै रगत अभाव भएको कारण दारी ग्यांग दाङले आज देखि ‘अनलाइन अवारनेस क्याम्पेन’ संचालन गरेको छ ।

दारी ग्यांग दाङले दाङ जिल्लामा आवश्यक परेका बेला रगत उपलब्ध गराउने भएको छ । दारी ग्यांग दाङका सदस्य साइग्रेस देवकोटाले दिएको जानकारी अनुसार गर्भवती अवस्थामा महिलालाइ रगत आवश्यक परेको खण्डमा दारी ग्यांगका सदस्यहरुले रक्तदान गरेर  रगत उपलब्ध गराउने बताए ।

आज देखि सुरु भएको क्याम्पेनमा गोरखा हस्पिटल घोराहीमा भर्ना भएकी तुलसीपुर उपमहानगरपालिका १९ कि बिमा घर्तीलाई दारी ग्यांगका सदस्य अभिषेक वलीले आज रक्तदान गरेका छन । साथै गर्भवती महिलाहरुको पहिचान गरेर रगत आवश्यक परेको खण्डमा दारी ग्यांग दाङलाइ सम्पर्क गर्न देवकोटाले अनुरोध गरेका छन ।

प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *