२०८१ बैशाख ७ गते शुक्रवार

जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


तुलसीपुर,चैत ६ । तुलसीपुर उपमहानगरपालिकाका वडा नम्वर १२ ले वडाका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । साथै स्वास्थ्य परिक्षण समेत गरेको छ । वडाध्यक्ष सुर्यवहादुर डाँगीले ७५ वर्ष पुरा भएका ज्येष्ठ नागरिकलाई घरमै गएर सेवा प्रदान गरिएको जानकारी दिए ।

उनीहरुलाई सम्मान समेत गरिएको वडाध्यक्ष डाँगीले बताए । साथै कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर वडामा मास्क वितरण गरिएको समेत वताए । उनले सबै ज्येष्ठ नागरिकका साथै वडावासीको ज्वरो चेकचाज गरिएको जानकारी दिएका छन् । वडाको ज्येष्ठ नागरिक लक्षित वजेटबाट कार्यक्रम गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *