२०७७ फाल्गुन १९ गते बुधवार

नवलपुर–प्रिगाउँ–मोतिपुर सडक खण्ड कालोपत्रे हुने

नवलपुरको उकालो । तस्बिर फरककोण

तुलसीपुर, फागुन १५ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ अन्तरगत नवलपुर–प्रिगाउ हुँदै मोतिपुर सडक खण्ड कालोपत्रे हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका र वडा कार्यालयको संयुक्त पहलमा कालोपत्रे हुन लागेको वडा नं. ११ का वडा अध्यक्ष चित्रबहादुर वलीले जानकारी दिए ।

नगरमा गठित विकाश प्राधिकरण मार्फत काम गर्ने गरि तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष वलीले बताए । वडा समितिको निर्णय अनुसार करिब ४ सय मिटर उरहरी वडाको सिमानादेखि उरहरी स्कुल हुँदै दामोदर सडक सम्म र बाँकि नवलपुर–प्रिगाउ हुँदै मोतिपुर सडकमा गरि ३ किलोमीटर कालोपत्रे हुने गरि काम हुने जानकारी दिइएको छ ।

विहीवार नवलपुरमा भएको भेलाले उक्त सडकलाई १२ मिटर बिस्तार गर्ने निर्णय गरेको वडा सदस्य सुबाश डाँगीले जानकारी दिए । ‘नवलपुर, प्रिगाउँ र मोतिपुरका स्थानीय भेला भएर सडक १२ मिटरको निर्माण गर्ने सहमति गरेका छन्,’ वडा सदस्य डिसीले भने ।

स्थानीय शिबचन्द्र गौतमको अध्यक्षता एबम तुलसिपुर ११ का वडा सदस्य डाँगीको प्रमुख आतिथ्यमा भएको भेलाले नेत्रमणी शर्मा अध्यक्ष रहेको उपभोक्ता तथा समन्वय समिति गठन गरेको छ । जसको सचिबमा बिक्रम शाह, कोषाध्यक्षमा बिष्णी चौधरी रहेका छन् ।

सदस्यहरुमा दलबहादुर वली,भारपोस्तक बिक, बुझौना चौधरी र जुद्धबहादुर बस्नेत रहेका छन् । भेलाले सडकमा पर्ने भौतिक संरचना हटाउन २०७८ असार मसान्त सम्मको समय सीमा तोक्ने निर्णय गरेको छ भने स्थानियहरुले पक्की नालाको समेत ब्यबस्थापन गर्नका लागि सम्बन्धित निकायमा पहल गर्र्ने निर्णयपनि गरेको छ । भेलाको सहजिकरण स्थानीय खिमबहादुर वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *