२०८१ बैशाख ७ गते शुक्रवार

चालक मनिरामलाई सम्मान


घोराही, १० फागुन । घोराहीमा केन्द्रीय कार्यालय रहेको सहारा यातायात सेवा प्रालिले बस चालक मनिराम बिकलाई नगदसहित सम्मान गरेको छ । प्रालिले शनिबार दोस्रो साधारणसभाका अबसरमा नगदसहित उनलाई सम्मान गरेको हो ।

बस चालक बिकलाई नगद पाँच हजार पाँच सय ५५ रुपैया, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

दुर्घटना नगराएर बस चलाएको भन्द्र प्रालिले बिकलाई सम्मान गरेको अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिए । त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा घोराही काउन्टरका गोपाल केसीलाई पनि नगद पाँच हजार पाँच सय ५५ रुपैया, प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

प्रालिका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षतामा भएको साधारणसभा उपाध्यक्ष टीकाराम पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको हो । साधारणसभाको सहजिकरण सचिब अतुल कवरले गरेका हुन ।

कोषाध्यक्ष रामजनक चौधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *