तुलसिपुर,फागुन २। एन प्याव्सन दाङका नवनिर्वाचित अध्यक्ष विमल गौतमलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । अध्यक्ष गौतमलाई शुक्रवार आफ्नै विद्यालय सम्राट ईगलिश वोडिङ स्कुलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रक्षा काफ्लेको अध्यक्षता तथा तुलसिपुर वडा नम्वर ३ का वडा सदस्य छवि खरेलको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक,शिक्षिका तथा विद्यार्थीहरुले संयुक्त रुपमा सम्मान तथा बधाई ज्ञापन गरेका हुन ।
उनले त्यसक्रममा निजी विद्यालयहरुले गरेको योगदानको सरकारले उचित मुल्यांकन गर्नुपर्ने बताए । कार्यक्रमको सहजिरकण विद्यालयका भाइस प्रिन्सिपल खिमप्रसाद भट्टराईले गरेका हुन ।
प्रकाशित मिति : २०७६ फाल्गुन २ गते शुक्रवार