२०८१ साउन ५ गते शनिवार

अभियान मनाउन समिति गठन


दाङ, मसिर ५ । जिल्लामा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउन समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा बुधवार भएको सरोकारवालाको छलफलले समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा जिल्लाका दशैवटै पालिका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका सदस्य, जिल्ला प्रशासन, जिल्ला प्रहरी, नागरिक समाज र जिल्लामा क्रियाशिल गैरसकारी संघ सस्थाहरु छन् ।
बैठकले अभियानको मंसिर ९ गते उद्घाटन गर्ने निर्णय गरेको छ । घोराहीमा प्रभात फेरि कार्यक्रम गरेर अभियानको उद्घाटन गर्ने निर्णय भएको समन्वय समितिका प्रमुख नेपालीले बताए । प्रमुख नेपालीका अनुसार मंसिर ९ गते विहान ८ बजे समन्वय समितिमा जम्मा भएर शहिदगेट, दामोदर चोक भएर तुलसीपुर चोकमा पुगेर सभा गरिने भएको छ ।

बैठकले पालिकाहरुलाई सचेतनामुलक कार्यक्रम गरेर अभियान मनाउन आग्रह गरेको छ । बैठकले अभियानको समिक्षा मंसिर २४ गते गर्ने र पालिकास्तरमा भएका अभियानका गतिविधि जिल्ला समन्वय समितिमा रिपोर्टिङ गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *