२०८१ चैत्र ६ गते बुधवार

हेर्नुहोस भाद्र १५ देखि २१ गतेसम्मको साप्ताहिक राशिफल

युवा ज्योतिषी तथा वास्तुशास्त्री – मुस्कान खनाल
केन्द्रिय सदस्य दक्षिण एशियाली ज्योतिष महासंघ
कुण्डली भाग्य
घोराहि दाङ
सम्पर्क : ९८५११९३९६४, ९८२२८५०७३५

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
लामो समयपछि यो साता रसरंगको चाहना पूर्ण हुनेछ । मिष्ठान्न भोजन साथै मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने अवसर मिल्नेछ । सोमबारपछि दुई दिन प्रतिकूल हुनेछ, सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । काममा बाधा अड्चन आउने र ढिलो गरी कार्य सम्पादन हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । तर बिहिवार पछि पुनः सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ । धार्मिक, सामाजिक वा सांस्कृतिक कामबाट प्रशंसा र शुभ कुराको संकेत मिल्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । साताको अन्त्यमा आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुन्न । कतै लामो दुरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुनेछ ।

बृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
साताको प्रारम्भमा प्रतिद्वन्दीसंग सतर्क रहनु पर्छ । परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ यसले गर्दा मानसिक तनावको सृजना हुनेछ । सोमबारपछि केही दिन मनोरञ्जनपूर्ण रहने छ । व्यवसायिक यात्रा तथा नयाँ ज्ञान लिने मौका प्राप्त हुनेछ । आम्दानी बढ्नुका साथै नयाँ सवारी साधन प्राप्तिको योग पनि रहेको छ । दाजुभाई र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनेछ । तर साताको अन्त्य अनुकूल छैन, झै–झगडा र मुद्दा–मामिलाभन्दा टाडै बस्नु उचित हुनेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
साताको प्रारम्भमा कुनै न कुनै विशेष खुशीको खबर सुन्न पाइएला । बौद्धिक क्षमताको प्रस्फुटन हुनेछ । मनोरञ्जन र भोगविलासमा मन जाला । सोमबारपछि अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ । प्रतिस्पर्धी र शत्रुहरुको चलखेल बढ्र्नाले केही चुनौती र अफ्ठ्याराको सामना गर्नु पर्नेछ । प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । तर साताको उत्तराद्र्धमा हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता मिल्नेछ । खानपानले स्वास्थ्यमा नकारात्मक असर पर्ने सम्भावना छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
यो साता तपाईले घरयासी काममा तल्लीन हुनुपर्ने समय रहने छ । मनमा देखिने अस्थिरता र अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अरुको भर नपर्नु नै राम्रो हुनेछ, धोका हुनसक्छ । तर सोमबारपछि सन्तति पक्षले खुसीको वातावरण सिर्जना गर्नेछन्, सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हुनेछ । मनोरञ्जनात्मक, बौद्धिक, प्राज्ञिक, गतिविधिमा संलग्न भइनेछ भने साथीहरुसंग मनोरञ्जन गर्ने अवसर पनि जुर्नेछ । तर साताको अन्त्यमा मनमा अशान्ति र छट्पटी व्याप्त हुनेछ, शारीरिक स्वास्थ्यमा पनि समस्या देखिन सक्छ, त्यस्तै आर्थिक संकटको योग पनि रहेको छ । कुनै शुभकार्य गर्नु अघि नवग्रहको दर्शनगरी सुरु गर्दा शुभफल प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
यो साता सामाजिक कामबाट प्रशंसा र शुभ कुराको संकेत मिल्नेछ । कुनै देवालय , मठमन्दिर वा सार्वजनिक प्रतिष्ठाको दर्शन, भ्रमण अवलोकन हुने वा सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोग प्राप्त हुने वा आकस्मिक रुपमा लाभ हुने योग रहेको छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने अवसर मिल्नेछ । सोमबारपछि भने समय अनुकुल रहने छैन, खर्चको मात्रा बढ्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । चिताएको काममा अफ्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । साताको पूर्वाद्धमा विशिष्ट व्यक्तिको साथ सहयोग प्राप्त हुनेछ, उत्तराद्र्धमा भने धैर्यधारण गरी परिश्रम गर्ने समय छ ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्राविधिक क्षेत्रमा विशेष सफलता मिल्ने खालको साता रहेको छ । पारिवारमा उत्साह र हर्षको वातावरण बन्नेछ । खानपान, आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । सहयोगीहरुले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । बिहीबारपछि भने समय अनुकुल रहने छैन, असमझदारी बढ्ने तथा जुनसुकै काम पनि ढिलो गरी सम्पादन हुनेछ ,अनावस्यक वा निरर्थक यात्रा हुन सक्ला । दैनिक व्यवहारमा पनि किसिम किसिमका समस्या आइलाग्ने छन् । तर साताको अन्त्यमा भने धार्मिक वा परोपकारी कार्यमा मन लाग्ने तथा अप्रत्याशित काम बन्ने योग रहेको छ । साताको पूर्वाद्धमा विशिष्ट व्यक्तिको साथ सहयोग प्राप्त हुनेछ भने उत्तराद्र्धमा भने धैर्यधारण गरी परिश्रम गर्ने समय छ ।

तुला – र, रि, रु, रे, रो, ता , ति, तु, ते (Libra)
बोलीको भरमा रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने छ । नयाँ योजना कार्यान्वयन गर्ने र दर्घिकालीन योजना बनाउने साता छ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्नु अनुकुल रहने छ । पठन पाठन कार्यमा सफलता प्राप्त गर्न सकिने छ भने साथीभाइसँग रमाइलो भेटघाट, मिष्ठान्न भोजन र फलदायी यात्रा हुन सक्छ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुनेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मान–सम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । तर साताको अन्त्यमा पारिवारमा मतभेद हुनसक्छ संयमित रहनुहोला । गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ ।

बृच्छिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
खर्चिलो समय छ यसर्थ साताको सुरुमा खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्द्रित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । सोमबारबाट भने पारिवारिक सुख मिल्नुका साथै अध्ययन, अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । न्यायिक वा प्रतियोगितात्मक कृयाकलापमा विजय मिल्नेछ । मनमा दोधारको अवस्था भए पनि तपाईको प्रत्यक्ष संलग्नता र भूमिकामा परिवारमा जमघट वा धार्मिक, सामाजिक कार्य सम्पन्न हुनेछ । सामाजिक र बौद्धिक गतिविधिका कारण मान–सम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । खानपान, आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनेछ ।

धनु– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
साताको सुरुमा पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । इष्टमित्र र प्रेमी प्रेमीकाको मिलन हुनेछ । सोमबारपछि दुई दिन अनुकूल समय रहने छैन, आकस्मिक यात्राको समय छ तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । मनमा विरक्तिको भाव आउन सक्छ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुन सक्नेछैन । तर बिहीबारपछि सुरु गरिएको कृयाकलापले दीर्घकालिन फाइदा पुग्नेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा हुनेछ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने अवसर जुट्नेछ । अभिभावक वा बृद्धबृद्धाको आशीर्वाद लिन सकेमा भाग्यबल बढ्ने संकेत छ ।

धनु राशिका जातकका लागी यो साता खास उपलब्धिमुलक देखिदैन । स्वास्थ्यमा अचानक समस्या आउला । काम गर्दा विवाद झै झगडा र चिडचिडेपन बढ्नेछ । आफन्त र सहयोगीले मनका भावना बुझ्ने छैनन् । आर्थिक समस्याले सताउनेछ भने अनावस्यक र दिक्कलाग्दो यात्रा हुन सकछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ । साताको मध्यभाग उत्तम रहनेछ, शुभ समाचार आउला । विपरीतलिंगीबाट साथ सहयोग प्राप्त होला । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता मिल्ला । तर साताको अन्त्यमा पारिवारीक समस्या समाधान गर्न तल्लीन हुनुपर्नेछ ।

मकर– भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अरुलाई प्रभावित पारेर काम बनाउने समय छ । यो साता परिवारमा ठूलो जमघट हुनेछ । विशिष्ठ व्यक्तिले विचारको कदर गर्नेछन । महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । रोकिएका कामसमेत सम्पादन हुनेछन । पठन पाठनको क्षेत्रमा राम्रै प्रगति हुनेछ । बिहीबारपछि प्रतिकूल समय सुरु हुनेछ, साटफेर र जुवाजन्य कृयाकलापमा धननाश हुनसक्छ । लामो दूरीको आकस्मिक यात्राको सम्भावना छ तर सोचेजस्तो लाभ हुनेछैन । व्यवहारीक खर्चको मात्रा बढ्नेछ, मनमा निराशा र विरक्तिभाव जाग्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । सुखसुविधा, हाँसखेल र मनोरञ्जनमा भुलिने साता छ । धार्मिक, सामाजिक वा सांस्कृतिक कामबाट प्रशंसा र शुभ कुराको संकेत प्राप्त हुनेछ । साथीहरुसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । नोकरी अथवा व्यवसायिक क्षेत्रमा कुनै ठोस परिणम देखा पर्नेछन भने कारोबारमा गतिशीलता आउने छ । साताको अन्त्यमा भने कृषिक्षेत्रबाट बेफाइदा हुनेछ, त्यस्तै यात्रा घातक हुन सक्छ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ । चिन्ता र शंकाले मन व्याकुल हुनेछ, पारिवारिक सहयोग मिल्ने छैन ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
साताको प्रारम्भमा शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । कुनै अप्रिय समाचार सुन्नु पर्ने हुन सक्छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु पर्ने कार्यमा पनि बढी समय लगाएर गर्नु पर्ला । तर सोमबारपछि प्रायः राम्रा परिणाम प्राप्त हुनेछन्, रोकिएका काम समेत सम्पादन हुनेछन्, त्यसैगरी कतै लामो दुरीको यात्रा गर्नु छ भने राम्रो हुनेछ । नयाँ काम र जिम्मेवारी हात पर्नेछ । मातापिता र अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । श्रमको उचित मूल्यांकन हुने र अध्ययन अध्यापनको क्षेत्रमा प्रगति हुनेछ ।

प्रकाशित मिति : २०७६ भाद्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *