२०८३ जेष्ठ १४ गते बिहिवार

यो हप्ताको राशिफल हेर्नुहोस भदौ ८ देखि १४ गतेसम्मको


भदौ ८ देखि १४ गतेसम्मको  साप्ताहिक राशिफल
युवा ज्योतिषी तथा वास्तुशास्त्री – मुस्कान खनाल
केन्द्रिय सदस्य दक्षिण एशियाली ज्योतिष महासंघ
कुण्डली भाग्य
घोराहि दाङ
सम्पर्क :९८५११९३९६४, ९८२२८५०७३५

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
धनधान्य र सुखसम्मृद्धि जुटाउन तल्लीन हुनुपर्ने समय चल्दैछ । आर्थिक क्षेत्र सबल रहने छ भने बन्दव्यापारबाट राम्रो फाइदा हुनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने अवसर मिल्नेछ । वैदेशिक क्षेत्रबाटपनि सफलता मिल्ने छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धना सुधार आउने छ । तर साताको अन्त्य अनुकूल रहने छैन । घरयासी समस्याका कारण घरबाहिर जानुपर्ने सम्भावना देखिन्छ । अभिभावक वा बृद्धबृद्धाको आशीर्वाद लिन सकेमा भाग्यबल बढ्ने संकेत छ ।

बृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
नयाँ योजना कार्यान्वयन गर्ने र दर्घिकालीन योजना बनाउने साता छ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्नु अनुकुल रहने छ । पठन पाठन कार्यमा सफलता प्राप्त गर्न सकिने छ भने साथीभाइसँग रमाइलो भेटघाट, मिष्ठान्न भोजन र फलदायी यात्रा हुन सक्छ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुनेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मान–सम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिन योजनालाई मूर्त बनाउन गरिएको चिन्तन महत्वपूर्ण बन्न सक्छ । दीर्घकालीन प्रयोजनका लागि कुनै काम गर्ने बिचारमा हुनुहुन्छ भने यो साता प्रारम्भ गर्नु उचित हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
यो साता मन उत्ताउलो र अधैर्य बन्न सक्छ, प्रेममा बाधा आउन सक्छ । बन्दव्यापार र पेशा व्यवसायमा केन्द्रित हुन नसक्दा श्रममूलक काम र कृषिक्षेत्रबाट खास उपलब्धी हुनेछैन । नयाँ व्यवसाय वा खरिद बिक्रि नगर्दा नै राम्रो हुन्छ किनकी निरर्थक लगानी बढ्नेछ । लामो दुरीको यात्रामा ननिस्कनु नै उचित हुनेछ । मंगलवारपछि भने सकारात्मक फलहरु प्राप्त हुनेछन् । मित्रवर्ग र परिवारबाट साथसहयोग पाइने छ, परीक्षा प्रतियोगितात्मक क्रियाकलापमा सफलता प्राप्त गर्न सकिने छ । कुनै शुभकार्य गर्नु पूर्व विष्णु भगवानको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सुरुमा आम्दामी बढ्ने र उठ्नुपर्ने रकम हात लाग्ने सम्भावना छ । पठन पाठन कार्यमा सफलता प्राप्त होला । आफूले गरेको श्रमको उचित मूल्याङ्कन होला, व्यापारमा फाईदा होला । मंगलवारदेखि बिहीवारसम्म श्रममूलक काम, कृषि तथा पशुपालनका क्षेत्रमा सोचेअनुसार लाभ हुनेछैन । घरमा अतिथीको स्वागत गर्नुपर्नेछ । दैनिक कामकाजमा खर्च बढ्नेछ, साथै झर्कोलाग्दो यात्राको समेत सम्भावना छ । मन दोधार तथा बेचैन भइरहने सम्भावना छ तर शुक्रवार र शनिवार माहोल पे्रमिल भैदिनेछ । साताको मध्यभागमा आर्थिक संकट भए पनि समग्रमा यो साता परिणमदायी हुनेछ । कुनै शुभकार्य गर्नु अघि हनुमानजीको आरधना गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
यो साता तपाईले आफ्नो काममा तल्लीन हुनुपर्ने समय रहने छ । कतै लामो दूरीको यात्रा गर्नु छ भने यात्रा लाभदायी हुन सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हुनेछ । बौद्धिक, प्राज्ञिक, गतिविधिमा संलग्न हुनुपर्ने छ भने साथीहरुसंग मनोरञ्जन गर्ने अवसर पनि जुर्नेछ । तर साताको अन्त्यमा व्यापार व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । छरछिमेकमा पनि केही असमझदारी बढ्ने छ भने प्ररीक्षा प्रतियोगीतामा पनि पराजय ब्यहोर्नु पर्नेछ । कुनै शुभकार्य गर्नु अघि भैरवजीको आरधना गर्दा शुभफल प्राप्त हुनेछ ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
यो साता जुन सुकै काम गर्दा सोच विचार गरी आत्मबलका साथ अघि बढ्नु जायज हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । परीक्षा प्रतियोगितामा विजय भईनेछ भने उपहार वा आकस्मिक रुपमा लाभ हुने योग रहेको छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने अवसर मिल्नेछ । साताको पूर्वाद्धमा विशिष्ट व्यक्तिको साथ सहयोग प्राप्त हुनेछ भने उत्तराद्र्धमा भने धैर्यधारण गरी परिश्रम गर्ने समय छ । राज्यपक्षबाट सम्मानित हुने अवसर समेत पाउन सक्नुहुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता , ति, तु, ते (Libra)
यो साता सवारी साधनमा यात्रा गर्दा र हातहतियारको प्रयोग गर्दा सतर्क रहनु बेस हुन्छ । विलासिता तथा मनोरञ्जनात्मक कृयाकलापमा धेरै सहभागी नहुँदा नै बेस होला । मंगलववारपछि धार्मक तथा परोपकारजन्य कृयाकलापबाट प्रतिष्ठा प्राप्त गर्ने योग रहेकोे छ । पारिवारीक स्वास्थ्यमा सुधार आउने छ । कर्मप्रति लगनशील हुनाले रोकिएका कामहरु बन्ने छन् । साताको अन्त्यमा कतै व्यवसायिक प्रयोजनको लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । प्रतिसप्रधि परास्त हुनेछन । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । यस साता विध्नहर्ता गणेशजीको पूजा अर्चना गर्दा शुभफल प्राप्त हुनेछ ।

वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
व्यवसायी वर्गहरुलाई आर्थिक लाभ हुने खालको साता रहेको छ । पारिवारिक जीवन सामान्य रहला । इच्छाएको जिम्मेवारी प्राप्त हुनसक्छ । खानपान, आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । मंगलवार र बुधवार राम्रो समय रहने छैन, जुनसुकै काम ढिलो गरी कार्य सम्पादन हुनेछ । अनावस्यक वा निरर्थक यात्रा हुन सक्ला । कुनै गोप्य विषय वा मानसिक समस्याले सताउन सक्छ । दैनिक व्यवहारमा पनि किसिम किसिमका समस्या आइलाग्ने छन् । तर साताको अन्त्यमा भने धार्मिक वा परोपकारी कार्यमा मन लाग्ने तथा अप्रत्याशित काम बन्ने योग रहेको छ ।

धनु– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
धनु राशिका जातकका लागी यो साता खास उपलब्धिमुलक देखिदैन । स्वास्थ्यमा अचानक समस्या आउला । काम गर्दा विवाद झै झगडा र चिडचिडेपन बढ्नेछ । आफन्त र सहयोगीले मनका भावना बुझ्ने छैनन् । आर्थिक समस्याले सताउनेछ भने अनावस्यक र दिक्कलाग्दो यात्रा हुन सकछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ । साताको मध्यभाग उत्तम रहनेछ, शुभ समाचार आउला । विपरीतलिंगीबाट साथ सहयोग प्राप्त होला । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता मिल्ला । तर साताको अन्त्यमा पारिवारीक समस्या समाधान गर्न तल्लीन हुनुपर्नेछ ।

मकर– भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
यो साता तपाईले जे गरे पनि आफ्नै बुद्धि खियाएर अघि बढ्नु पर्ने समय छ । बौद्धिक र लेखन कार्यमा सफलता मिल्ला । तपाईको कार्यको उचित मूल्यांकन हुनेछ । आर्थिक समस्या समाधान गर्ने उपाए निस्किने छ । समय चुनौती र परीक्षणका रुपमा देखा परेको भए पनि व्यापार व्यवसाय र साझेदारीबाट राम्रो फाइदा हुनेछ । बैवाहिक तथा प्रेम सम्बन्धमा बाधा उत्पन्न हुनेछ । आवेग र रिस बढ्नाले सहयोगी हातहरु प्छि हट्न सक्छन् । शत्रुले छवि बिगार्ने प्रयास गर्न सक्छन सचेत रहनुहोला । यस साता कुनै शुभकार्य गर्नु अघि दुर्गामाताको आरधना गर्दा शुभफल प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
धैर्य र लगनशील भएर अघि बढ्नु पर्ने साता रहेको छ । पारीवारका सदस्यहरुका माझमा मतभेद हुन सक्छ । सानो गल्तीका कारण पनि आलोचित हुनु पर्ला । नयाँ योजना कार्यान्यनमा ल्याउन मुस्किल पर्ला । बुधवार र बिहीवार स्वास्थ्यका दृष्टिकोणले कमजोर समय रहने संकेत छ, त्यस्तै साताको अन्त्य सकारात्मक र शुभफलदायक रहने छ । यस अवधिमा राम्रो आर्थिक उपार्जन गर्ने मौका पाउनुहुनेछ । प्रणयसम्बन्ध, रतिराग, आनन्द र रमणीयताका लागी धन तथा समय खर्च होला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने साता छ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षण बढ्नेछ । भाईबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भाबना छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पठन पाठन कार्यमा सफलता प्राप्त हुनेछ । व्यवहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । तर मंगलवार र बुधवार आफूले सोचे अनुरुपका कामहरु बन्ने छैनन् । मातापिता वा मान्यजनको स्वास्थ्यमा उतारचढाव आउन सक्छ । घरभित्रका झिनामसिना काममा धेरै मिहिनेत गर्नु पर्नेछ ।

प्रकाशित मिति : २०७६ भाद्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *