शितलपुर (दाङ), भदौ ७ । दाङका पत्रकार देविराम कुसारीका दम्पतिद्वारा सञ्चालित द रिभर फिस फेम्लि कटेजले आफ्ना सम्पुर्ण ग्राहाककाे सम्मानका लागि कपडा तथा स्टेसनरी वितरण गरेकाे छ ।
हाेटेल सञ्चालक कुसारी दम्पतिले आज ( बिहिवार) आफ्नै हाेटेलमा एक कार्यक्रमकाे आयाेजना गरि वडा सदस्या विनाेद पाण्डेवाट सामाग्रि हस्तान्तरण गरिएकाे हाे । सामाग्रि हस्तान्तरण गर्दै वडा सदस्य पाण्डेले कुसारी दम्पतिकाे याे काम सह्राणिय भएकाे भन्दै हाेटेलले सवै ग्राहाककाे सम्मान गरेकाे वताए ।
आफ्नाे कटेजमा नियमित रुपमा माछा आपुर्ति गर्ने वादिसमुदायका परिवारदाई ग्राहाककाे सम्मानका लागि ग्राहककै तर्फवाट आफुले माछा मार्ने वादिसमुदायका महिलालाई कपडा र वालवालिकालाई स्टेसनरी वितरण गरेकाे हाेटल सञ्चालक नर्मदा वस्नेतले जानकारी दिए ।
आफ्नाे हाेटेलमा सेवा लिने सवै ग्राहककाे एक एक रुपैयाँ वाट र खर्चिलाे दरखाने कार्यक्रमलाई कम गरि गरिव परिवारलाई साे सामाग्रि वितरण गरेकाे पत्रकार एंव द रिभर फिस फेम्लि कटेजका निर्देशक देविराम कुसारीले जानकारी दिए । आफु जति समस्यामा परेपनि आफुभन्दा कमजाेरलाई सहयाेग गर्ने आफ्नाे संस्कार नै भइ सकेकाे वताउने कुसारीले याे सहयाेग आफ्नाे नभएर हाेटेलका सबै ग्राहककाे भएकाे वताए ।
आफ्नाे हाेटेलमा आउने ग्राहकले स्थानिय परिकारकाे संवाद लिने मात्रै नभएर सामाजिक सेवामा समेत याेगदान दिरहेकाे कुसारीले वताए । तुलसिपुर उप महानगरपालिका १३ पुलचाैकमा रहेकाे द रिभर फिस फेम्लि कटेजले स्थानिय अर्जुन वादी, मिठ्ठु वादि , गाेपाल वादी र गंगा विककाे परिवारलाई साे सामाग्रि वितरण गरेकाे हाे ।
पत्रकार कुसारीले यहि महिना मात्रै लाखे संस्कृति संरक्षण, मन्दिर व्यवस्थापन लगाएका लागि पन्ध्र हजार सहयाेग गरेका छन ।