
यमकला भुसाल,
तुलसीपुर, साउन २१। तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । भिष्म स्मृति प्रतिष्ठानको आयोजनामा मगंलवार बिजौरीमा भएको उक्त कार्यक्रममा २० जनाले रक्तदान गरेको प्रतिष्ठानका अध्यक्ष मोतीराज गौतमले जानकारी दिए । “रक्तदान,जिवन दान” भन्ने मुल नाराको साथ भएको उक्त कार्यक्रममा रगत सकंलनमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले प्राविधिक सहयोगमा गरेको थियो ।
कार्यक्रममा बोल्दै भिष्म स्मृति प्रतिष्ठान बिजौरीका सदस्य बिदुरराज गौतमले प्रतिष्ठानले विगत ५ वर्ष देखि जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमहरु गर्दे आएको जानकारी दिए । उनले भने,– हाम्रो एक–एक थोपा रगत दानले कसैको जिवन बाँच्छ भने हामी रगत दान गरेर पुण्य कमाउन चाहान्छौँ,र यसरी रक्तदान कार्यक्रमहरु गर्दा यस क्षेत्रका अन्य व्यक्तीहरुलाई पनि रक्तदान गर्नुपर्छ भन्ने हौसला थपेको छ ।
उक्त कार्यक्रममा बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष मुकेश वलि,नेपाल रेडक्रस सोसाइटी बिजौरीका सचिव भिमनाथ गौतम,नेपाल विद्यार्थी सघं दाङका कार्यबहाक अध्यक्ष टोपबहादुर बुढाथोकी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण भिष्म स्मृति प्रतिष्ठान बिजौरीका सचिव टिकाराम पौडेलले गरेका थिए ।