२०८३ असार १८ गते बिहिवार

कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ


दाङ, असार १८ ।
प्रहरीले कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ गरेको छ ।
कञ्चनपुरका प्रहरी प्रबक्ता डिएसपी टेकबहादुर रावतले पत्रकार भण्डारीलाई बिहीबार बिहान ७ बजेतिर भीमदत्त नगरपालिका–१८ बाट पक्राउ गरिएको जानकारी दिए ।
गाली बेइजती मुद्दामा अदालतको फैसला कार्यान्वयन लागि पत्रकार भण्डारीलाई पक्राउ गर्नु परेको डिएसपी रावतले बताए ।
जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई २०८२/०२/०१ गते गाली बेइजती मुद्दामा १ महिना ७ दिन कैद सजाए र १२ हजार १०० जरिवानाको फैसला सुनाएको थियो ।
त्यस्तै उच्च अदालत दिपायलको महेन्द्रनगर धनगडी इजलासले पनि २०८२/१२/२२ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो ।
सोही फैसला कार्यान्वयनका लागि पत्रकार भण्डारीलाई पक्राउ गरिएको डिएसपी रावतले जानकारी दिए ।

जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार पत्रकार बिष्ट पत्रकार भण्डारी बिरुद्ध दिएको मुद्दामा जिल्ला अदालतले १ महिना कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो । उच्चले त्यो फैसलामा केही उल्टी गर्दै ७ दिन थप कैद र २ हजार १ सय जरिवना थपिदिएको थियो । पत्रकार भण्डारीले कुल १ महिना ७ दिन कैद र १२ हजार १ सय जरिवाना भुक्तान गर्नुपर्ने छ ।

पक्राउ पछि प्रहरी हिरासतमा राखिएका भण्डारीलाई केही बेरमा अदालतमा पेश गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *