२०८१ असार ८ गते शुक्रवार

एयरपोर्टमा इन्धन डिपो

सम्पादकीय
 
दाङ एयरपोर्टमा मंसिर २५ गते आइतबार पहिलो पटक जहाजमा बाउजरले इन्धन भ¥यो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ मा पर्ने टरिगाउँ एयरपोर्ट बिक्रम संवत २०११ सालदेखि संचालनमा आएको इतिहास छ ।

सेवा सुरु भएको ६ दशक पछि पहिलो पटक जहाजमा इन्धन यही एयरपोर्टमा भरिएको छ । नेपाल बायु सेवा निगमको जहाजमा चार सय ६० लिटर इन्धन भरेको हो ।

डिपोमा ३० हजार लिटर र बाउजरमा ११ हजार गरि ४१ हजार लिटर इन्धन भण्डार गर्ने क्षमताको छ । दैनिक बिमानले इन्धन भर्दापनि पुग्ने इन्धन अब टरिगाउँ एयरपोर्टमै मौजाद रहने छ ।

गत बर्ष साउनदेखि करिब डेढ करोड लागतमा बिमानस्थलका लागि छुट्टै डिपो निर्माणको काम सुरु भएको थियो । संरचना निर्माण कार्य पुरा ६ महिना पहिले नै पुरा भइ बाउजरमा इन्धन राखिदै आइएको थियो । तर, यो बीचमा पहिलो पटक ल्याइएको इन्धन भर्ने बाउजर बाहिरी जिल्ला पठाउने तयारी निगमले गरेपछि त्यसको ब्यापक बिरोध भएको थियो ।

स्थानीय ब्यापारी र जनप्रतिनिधि गएर डिपोमा ताला लगाएतका थिए । जसले गर्दा बाउजर रोकिएको थियो । परिनाम स्वरुप केही ढिलै भएपनि टरिगाउँमै इन्धन रिफ्यूलिङ सुरु भएको छ ।

यो अन्यका लागि सानो कुरा भएपनि बर्षौंदेखि ओझेलमा पारिएको एयरपोर्टको लागि आइकोण मान्न सकिन्छ ।

बिरोधमा उत्रिएपछि मात्रै सुन्ने राज्यलाई अब टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तारका लागि थप झकझक्याउन आवश्यक छ । भेगीय, क्षेत्रीय राजनीतिका कारण दाङ एयरपोर्ट ओझेलमा पारिएको छ ।

कहाँ कस्तो खाले बिकास आवश्यक हो ? भन्ने नीति बनाउनु भन्दापनि पहुँचको भरमा हचुवा तालले ठूला सहर बजारमा मात्रै विकास थुपार्ने राज्यको नीति सही छैन ।

समान बिकासको अवधारण लागु नहुँदा एकै देशका नागरिकमा पनि ठूलो बिभेद छ । कतै सुबिधै सुबिधा र कतै राज्यको उपस्थिति नै छैन ।

पछिल्लो समय बाँकेको राँझा बिमान, सुर्खेतको बिमानस्थल र रुपन्देहीको बिमानस्थलले ठूलो छलाङ मारी सक्दापनि लामो इतिहास बोकेको टरिगाउँ एयरपोर्ट जस्ताको त्यस्तै छ ।

अब यसको धावन मार्ग बिस्तार गरि ठूला बिमान अवतरण गर्न सक्ने बनाउनु अति आवश्यक भइ सकेको छ । त्यसो हुन सकेमा मात्रै बिभिन्न नीजि कम्पनीका बिमानहरुले सेवा दिन तछाड मछाड गर्ने छन् ।

अनि बल्ल यात्रुले सर्वसुलभ सेवा पाउने छन् । यो एयरपोट बिस्तार तुलसीपुरको भविश्य संगपनि जोडिएको कुरा हो । ठूला बिमान अवतरण गर्न सक्ने भएमा यहाँ ठूला होटेलहरु खुल्ने छन् ।

पर्यटकीय स्थलहरु निर्माण हुने छन् । मेडिकल कलेजहरु खुल्ने छन् । उद्योग धन्दा फष्टाउने छ । यो ठाउँको तरक्की बल्ल संभव हुने छ । दाङदेखि पहाडी जिल्लाहरुमा उडानहरु भर्न सकिने छ ।

दाङ–काठमाडौं ओहोर दोहर एकै दिनमा र केही घन्टामै संभव हुने छ । अनि बल्ल सोचे जस्तो यान्त्रिक र आर्थिक क्रान्ति संभव हुने छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *