२०८० फाल्गुन १२ गते शनिवार

५६ वडामा रास्वपाकाे वडा अधिवेशन शुरु

काठमाडौं,पुस २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे प्रथम वडा अधिवेशन शुरु भएकाे छ । रास्वपाले आज ५६ वडाहरुमा प्रथम वडा अधिवेशन शुरु गरेकाे हाे ।

कोशी प्रदेशको १८ वटा, बाग्मति प्रदेशको १० वटा, गण्डकी प्रदेशको १६ वटा, लुम्बीनी प्रदेशको ७ वटा र सुदुरपश्चिम प्रदेशको ५ वटा वडाहरुमा आज अधिवेशन शुरु भएकाे प्रवक्ता मुकुल ढकालले बताए । वडा अधिवेशनका लागि पार्टीका सदस्य खटाइएका छन् ।

पार्टी उपसभापति डिपी अर्याल चितवनका वडाहरुको अधिवेशनमा, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी बुढानिलकण्ठका वडामा, केन्द्रीय सदस्य सांसद गणेश पराजुली काठमाडाैं अन्य पदाधिकारीहरु विभिन्न वडामा अनुगमनको लागि खटिएका छन्।

प्रदेश समितिका सदस्यहरुलाई निर्वाचन आयोगले पर्यबेक्षणको लागि विभिन्न वडाहरुमा खटाएको रास्वपाले जनाएको छ । रास्वपाका अनुसार वडाहरुमा नियमित प्रथम अधिवेशनको कार्यक्रम हुनेछ ।

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *