२०८२ जेष्ठ ३० गते शुक्रवार

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता

काठमाडौँ,पुस ८ । प्रमुख तीन दलका शीर्ष नेताहरूका बीचमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि उपस्थिति रहेको थियो।

संक्रमणकालीन न्यायसम्बन्धी विषय, आसन्न राष्ट्रिय सभा निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *